लन्डन : आगामी जुन १ तारिख बाट बेलायतमा जारी लकडाउनमा केहि सहजता अपनाइने भएको छ । गत मार्च २३ तारिखबाट सुरु भएको लकडाउन करिब नौ हप्ता बितिसकेको छ ।
प्राइभेट गार्डेन तथा आउटडोरमा दुई मिटरको दुरी कायम राख्दै बढीमा ६ जनासम्मको ग्रुपमा जुन १ तारिखबाट भेटघाट गर्न सकिने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।
लकडाउनमा गरिएको सहजताका कारण लामो समयसम्म टाढिनुपरेका आफन्त तथा इष्टमित्रबीच भेटघाट गर्ने बाटो खुल्नेछ
प्रकाशित | १६ जेष्ठ २०७७, शुक्रबार ०८:०८