सित्का माविको ५६ औ वार्षिकोत्सवको अवसरमा १२ जना शिक्षक/शिक्षीका सम्मानीत

दोलखा : जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं ७ मा अस्थित सित्का माध्यमिक विद्यालयको ५६ औं वार्षिक उत्सव कार्यक्रम भब्य रुपमा मनाइएको छ । सोही अवसरमा विद्यालयको भवन समेत उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साविक सुनखानिबाट शिक्षक सेवामा प्रवेश गर्नुहुने १२ जना शिक्षकलाई बधाई तथा सम्मान गरिएको थियो ।

सो अवसरमा वर्ष शिक्षक सुजय प्र शिवाकोटी, वर्ष अभिभावक यज्ञ प्र शिवाकोटी, विव्यस सदस्य तिर्थ शिवाकोटीलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानध्यापक निलकुमार खुलालले कार्यक्रम भब्य रुपमा सम्पन्न भएको बताउनुभयो । प्रधानध्यापक खुलालका अनुसार सम्मानसहित स्काउट मार्चपास, विविध सांस्कृतिक कार्यक्रम , विद्यार्थी पुरस्कार वितरणका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा कालिञ्चोक गाउँपालिका प्रमुख विनकुमार थामी, उपप्रमुख कालीका पाठकलगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १६:१०