यस्तो छ आर्थिक वर्ष २०७७/७८ काे बजेट [ पूर्णपाठ सहित ]

काठमाडौँ: सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनीक गरेको छ । । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७ /०७८ को लागि संसदमा बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा चालू खर्च ९ खर्ब ४८ अर्ब र पुँजीगत खर्चको ३ खर्ब ५२ अर्ब बजेट रहेको छ । बजेटमा वित्तीय व्यवस्थानको लागि १ खर्ब ७२ अर्ब विनियोजन भएको छ ।

सरकारले लिएको बजेटमा खर्च व्योहर्ने स्रोतमा ८ खर्ब ८९ अर्ब ६२ करोड राजश्व संकलन, ६० अर्ब ५२ करोड वैदेशिक अनुदान, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड, जुटाइने भएको छ ।

राजश्व संकलन, वैदेशिक अनुदान र वैदेशिक ऋणबाट समेत गरी अपुग रकम २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य सरकारले लिएको अर्थमन्त्री युवराज खतिवडाले बताउनुभयो ।

पूर्णपाठको लागि यहाँ क्लीक गर्नुहोला :-

बजेट २०७७_७८


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार २०:२३