राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा मंसिर २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्ने गरी आह्वान गर्नु भएको हो । यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्को वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।


प्रकाशित | १६ मंसिर २०७८, बिहीबार २१:०४