आजदेखि ५ लाखभन्दा बढीको शेयर कारोबार गर्नेलाई प्यान नम्बर अनिवार्य

काठमाण्डौ : धितोपत्र बोर्डले आजदेखि एक पटकमा ५ लाख वा त्योभन्दा बढीको शेयर कारोबार गर्नेलाई प्यान नम्बर अनिवार्य गरेको छ । पहिलो चरणमा एकै कारोबारमा पाँच लाख वा त्यो भन्दा बढी कारोबार गर्नेलाई प्यान नम्बर अनिवार्य गरिएको र त्यो भन्दा कमको कारोबार गर्ने ग्राहकले पनि ऐच्छिक रुपमा प्यान नम्बर बुझाउन सक्ने बोर्डले जनाएको छ । बोर्डका अनुसार साना लगानीकर्तालाई प्रोत्साहित गर्न ५ लाखभन्दा कमको कारोबारमा भने प्यान अनिवार्य नगरिएको हो ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १२:१२