सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं: सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान राखेको छ । शुक्रबारदेखी बढेको सुनको मूल्य आज पनि बढेर नयाँ किर्तिमान बनाएको हो । आइतबार तोलामा एक हजार रुपैयाँ बढेको सुनको मूल्य आज पनि पाँच सय रुपैयाँले बढेको हो ।

आइतबार सुनको मूल्य तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज ५ सय रुपैयाले बढेर ७६ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाइएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मुल्य पनि तोलाकोे ९२० रुपैयाँमा कारोबार भइरहेको संघले जनाइएको छ ।


प्रकाशित | २१ पुष २०७६, सोमबार १२:४५