को हुन मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ ?

प्रारम्भिक जीवन तथा शिक्षा 

अनुष्का श्रेष्ठ सन् १९९६ jan 18 मा काठमाडौमा जन्मिएकी हुन । अनुष्का श्रेष्ठको जन्म काठमाडौं सहरमा भएको थियो भने उनको बाल्यकाल काठमाडौं सहरमा नै बितेको थियो । उनले आफ्नो विद्यालय तहको शिक्षा तथा  २ तहको शिक्षा काठमाडौंमा नै पूरा गरेकी थिइन् । त्यस पछि भने उनी बाकि अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन् । उनले अष्ट्रेलियाको सिड्नीमा स्नातक पूरा गरेकी थिइन् । उनले व्यवस्थापन संकायमा स्नातक गरेकी छन् ।

कला क्षेत्र

अनुष्का श्रेष्ठ मिस नेपाल प्रतियोगितामा सहभागीता जनाउनु पुर्व अष्ट्रेलियाको एक बैंकको कर्मचारीका रुपमा काम गर्ने गर्दथिन । उनी मिस नेपाल २०१९ का लागि भनेर अष्ट्रेलिया देखि बैंक कर्मचारीको जागिर छाडेर नेपाल आएकी थिइन् । उनले नेपाल लगायत अष्ट्रेलियामा मिस नेपाल २०१९ सहित अन्य सौन्दर्य प्रतियोगिताहरू जितेकी थिइन् ।   उनी मिस नेपाल ओसिनिया २०१८ को उपाधि विजेता समेत हुन ।

बीउटी विथ प्रपोज प्रोजेक्ट

मिस नेपाल बन्नुअघिको पाँच वर्ष अष्ट्रेलियामा बस्दै आएकी मिस नेपाल श्रेष्ठले अहिले बिउटी विथ प्रपोच प्रोेजेक्ट सञ्चालन गरिरहेकी छिन् । सिन्धुपाल्चोकको विकट गाउँमा श्रेष्ठले दिगो विकास गर्ने उद्देश्य अनुरुप महिलाहरुलाई केन्द्रित गरेर सो प्रोजेक्ट सञ्चालन गरिरहेकी हुन ।

महिलाहरुको स्रोत साधन बढाउने मात्र नभएर आयआर्जन बढाउने मुख्य ध्येय राखेर अनुष्काले महिलाहरुलाई कार्पेट बुनाई, (गलौचा ), इँटा बनाउने (इन्टरलकिङ ब्रिक ), स्टोन कटिङ र धुप बत्ती बनाउने गरि चार वटा सिपमूलक तालिम सञ्चालन गरिरहेकी हुन ।  प्रोजेक्टले शूरुमा तालिम दिने, स्रोत साधन दिने र पछि समूह बनाउन लगाएर स्थानीय सक्षम सहकारीमार्फत ऋण मार्फत स्थानीय उत्पादन गर्ने र सो उत्पादन सहकारी आफैले किनीदिने तथा बजारीकरण गर्ने गरि अगाडि बढाइनेछ ।

मिस वल्र्डमा मल्टी मिडिया अवार्ड जिताउन के गर्ने ?  

यस पटक बेलायतमा हुन लागिरहेको मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले प्रतिनिधित्व गर्दैछिन् । मिस नेपाल श्रेष्ठलाई मिस वल्र्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोगको आवश्यकता देखिएको छ ।

Image may contain: Anushka Shrestha, smiling, text

आउँदो डिसेम्बरमा हुन गइहेको मिस वल्र्ड २०१९ प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ मल्टीमिडिया अवार्ड जित्नको लागि लाईकको आवश्यक पर्छ । जसको लागि MOBSTAR  एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । कुनै समय एप्समा कुनै प्राविधिक कठिनाई आयो भनेर झर्को नमानीकन रिफ्रेस वा रिइस्टाट गरिदिनु हुन समेत आग्रह गरिएको छ । हरेक फोटोको एक लाईक एक भोटको रुपमा गणना हुनेछ ।


प्रकाशित | २० कार्तिक २०७६, बुधबार ११:१५