नवनियुक्त तीन मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ – नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरु विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार तीनै जनालाई मन्त्री नियुक्त गर्नुभएको थियो ।


प्रकाशित | २९ आश्विन २०७७, बिहीबार १३:०१