आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं: आज मे ३ अर्थात २६ औं विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभर विविध कार्यक्रम गरि मनाइँदैछ । सन १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ । गत वर्षको तथ्यांकलाई हेर्दा स्वीडेन, नर्वे र फिनल्यान्ड उत्कृष्ट प्रेस स्वतन्ता भएका मुलुक ठहरिएका छन् । प्रेस स्वतन्त्रतासम्बन्धी काम गर्दै आएको अमेरिकी संस्था फ्रिडम हाउसले गरेको अध्ययनले यो नतिजा देखाएको हो । त्यस्तै सबैभन्दा खराब राष्ट्रको सूचीमा सिरिया परेको छ । नेपाल प्रेस स्वतन्त्रतासम्बन्धी सूचीमा ५४ औं स्थानमा छ ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार १०:०८