अबको एनआरएन मुलुकको आर्थिक सम्मृद्धिमा ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यमा केन्द्रित हुनेछ: कुमार पन्त

बेल्जियम: गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्ष एवं नवौ महाविधेशनमा अध्यक्षका उम्मेदवार कुमार पन्तले अबको एनआरएन मुलुकको आर्थिक सम्मृद्धिमा विदेशमा बस्ने गैर आवासीय नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यमा केन्द्रित हुने बताउनुभएको छ । एनआरएनए बेल्जियमको सातौ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्षका उम्मेदवार पन्तले विदेशमा बस्ने नेपालीको सपना मुलुकको आर्थिक सम्मृद्धि नै भएकोले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्याएर मुुलुकको सम्मृद्धि गर्न चाहेको बताउनुभयो । पन्तले ब्यक्ती जीतीसुकै धनी भएर पनि मुलुक आर्थिक रुपमा सम्मृद्ध नभएसम्म विदेशीले हेर्ने दृष्टिकोण र पाउने सम्मानमा फरक हुने विचार राख्नुभयो । मुलुकको सम्मृद्धि नै अबको मुख्य बटमलाइन प्रष्ट पाुर्नभयो ।

पन्तले मुलुक सम्मृद्धि भए मात्र सबैको सम्मृद्धि हुने भन्दै गैर आवासीय नेपाली संघले गत वर्षदेखि थालेको विज्ञ सम्मेलनलाई आगामी दिनमा समेत निरन्तरता दिर्दै विश्वभरी छरिएर रहेका नेपालीको ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यलाई निकै जोडतोडका साथ लाग्ने समेत बताउनुभयो । अबको एनआरएन मुलुकको आर्थिक सम्मृद्धिमा आक्रमण ढगले अगाडि बढ्ने भन्दै ज्ञान, सिप र प्रविधिसँगै नेपालमा पूँजी लगानीमा समेत केन्द्रित हुने बताउनुभयो ।

नेपाल सरकार र गैर आवासीय नेपाली संघ मिलेर १० अर्बको लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भइसकेको बताउँदै पन्तले विश्वभरीका गैर आवासीय नेपालीको ससानो पूँजीलाई समेटेर म्युचुअल फन्टको रुपमा अगाडि बढिरहेको जानकारी गराउनुभयो । १० अर्ब लगानीको विषयमा विश्वभरीका गैर आवासीय नेपालीहरु अत्यन्तै उत्साहीत भएर लागिपरेको भन्दै पन्तले गैर आवासीय नेपालीहरुले कृषि क्षेत्रमा निकै नमूना र उल्लेखनीय कार्य गरिरहेको समेत बताउनुभयो ।

नेपाल कृषि प्रधान मुलुक भनीए पनि नेपालको जमिन बाँझो रहेको र परम्परागत खेती प्रणाली रहेको अवस्थामा गैर आवासीय नेपाली साथीहरुले नेपालको कृषि क्षेत्रमा कसरी विदेशी प्रविधि भित्र्याउने भनेर अगाडि बढिरहनु भएको बतानुभयो । नेपालको विविध क्षेत्रमा एनआरएनले हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

पन्तले एनआरएनए संस्थापक अध्यक्ष उपेन्द्र महत्तोदेखि पूर्व अध्यक्ष शेष घलेसम्मले नेपालको हरेक क्षेत्रमा लगानी गरिरहनु भएको उदाहरण प्रस्तुत गर्दै पन्तले गैर आवासीय नेपाली अभियन्ताको ठूलो लगानी नेपालमा रहेको र त्यसबाट हजारौले रोजगारी पाइरहेकाले आगामी दिनम सामूहि लगानीको अवधारण अनुसार एनआरएन अगाडि बढने बताउनुभयो ।


प्रकाशित | २ भाद्र २०७६, सोमबार १२:२९