सामाजिक सञ्जालमा औधी रुचाइएकी अभिनेत्री दिशा पाटनी

लन्डन – अभिनेत्री दिशा पाटनीले बलिउड फिल्मसँगै सामाजिक सञ्जालमा त्यत्तिकै रुचाएकी छिन । उनी सामाजिक सञ्जालमा निकै रुचाइएकी अभिनेत्रीमध्यमा पर्छिन् । यतीखेर सामाजिक सञ्जालमा उनको क्रेज झनै बढ्दो छ । उनको सामाजिक सञ्जालमा पछ्याउनेको संख्या निकै ठूलो छ ।

पछिल्लो समय दिशाले फिल्म ‘बागी २’ मा उनका वास्तविक जीवनका प्रेमीसमेत रहेका अभिनेता टाइगर श्रफको जोडीको रुपमा अभिनय गरेकी थिइन् । उक्त फिल्म बक्स अफिसमा सफल भएसँगै यतिबेला दिशालाई बलिउडका कैयौं फिल्महरुमा काम गर्ने अफरहरु आइरहेका छन् । दिशा यतिबेला सलमान खानको फिल्म ‘भारत’ मा पनि काम गरिरहेकी छिन् । फिल्म ‘भारत’ रिलिजपछि दिशाको करियर एउटा छुट्टै उचाइमा पुग्ने चर्चा पनि भइरहेको छ ।


प्रकाशित | १३ चैत्र २०७५, बुधबार १३:४१