नेपालमा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं –  नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ७ सय ६६ जना संक्रमणमुक्त हुँदा ३ लाख ७ हजार ४ सय १ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाकै कारण शुक्रबार ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ पुगेको छ ।

देशभर ६५ हजार ३ सय ७४ कोरोनाको सक्रिय संक्रमित छन् । जसमध्ये ३५ जनाको भेन्टिलेटरमा र १ सय ९४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।


प्रकाशित | ७ माघ २०७८, शुक्रबार १६:४६