राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

शुक्रबार गभर्नर अधिकारीलाई निलम्बनको पत्र थमाइएको छ भने डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको छ ।

अधिकारीलाई २०७६ साल चैत २४ मा तत्कालीन केपी ओली सरकारले गभर्नर नियुक्त गरेको थियो । सरकार परिवर्तनपछि अर्थमन्त्री बनेका जनार्दन शर्मासँग अधिकारीको सम्वन्ध बिग्रेको थियो ।

पछिल्लो समय अधिकारीले मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक पटक लिखित र मौखिक सुझाव दिर्दै आउनु भएको थियो ।  अधिकारीमाथि विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना सार्वजनिक गरेको जस्ता गम्भिर आरोप पनि लगाइएको छ ।


प्रकाशित | २५ चैत्र २०७८, शुक्रबार २०:४४