खाडी मुलुकबाट आएका थप एकजनामा कोरोना भाइरस संक्रमण

काठमाडौं: विदेशबाट आएका थप एकजनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । टेकुमा रहेको प्रयोगशालामा परीक्षणका क्रममा विदेशबाट आएका थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो ।

ती व्यक्तीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ३० /३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन्।

नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या तीन पुगेको छ । एक व्यक्ति उपचारपछि निको भइसकेका छन् भने अर्की एक युवती अस्पतालमा उपचारका क्रममा छन् ।


प्रकाशित | १२ चैत्र २०७६, बुधबार १३:१४