बेंगलोरलाई हराउँदै दिल्ली ७ वर्षपछि प्लेअफमा

एजेन्सी : दिल्ली क्यापिटल्स सन् २०१२ पछि पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । आईतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई १६ रनले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको दिल्लीले प्लेअफ स्थान पक्का गरेको हो ।

१ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनायो । बेंगालोरका लागि पार्थिव पटेलले २० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ३९ रनमा अक्षर पटेलबाट क्याच आउट भए । छैटौं ओभरको पाँचौ बलमा रवडाले पटेललाई क्याच आउट गराएका थिए । कप्तान विराट कोहली १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रनमा क्याच आउट भए । कोहली र पटेलले पहिलो विकेटका लागि ५.५ ओभरमा ६३ रनको सानदार सुरुवात दिलाएका थिए ।

एवि डी भिलियर्स १७,शिवम दुबे २४,हेनरिक क्लासेन ३,गुरर्कीत सिंह २७ रनमा आउट भए । मार्कस स्टोइनिस ३२ रनमा अविजित रहे । दिल्लीको जितमा कागीसो रबडाले २,अक्षर पर्टेल,इसान्त शर्मा र शेरफेन दरफरर्डले समान एक विकेट हात पारे ।

त्यस अघि घरेलु मैदान फिरोज शाह कोटला टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । दिल्लीका लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरले अर्ध शतक प्रहार गरे । १३ ओभरको दोस्रो बलमा वाशिन्टन सुन्दरबाट युजवेन्द्र चाहलले क्याच आउट गराउनु अघि धवनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रनमा आउट भए ।

कप्तान श्रेयस ऐरले ३७ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५२ रनमा आउट भए । ऐरलाई सुन्दरले १६ ओभरको तेस्रो बलमा कप्तान विराट कोहलीबाट क्याच आउट गराए । ऐर र धवनले दोस्रो विकेटका लागि ६८ रनकोे साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । दिल्लीका मिडिल अडरका ब्याट्सम्यान भने सस्तैमा आउट भए । पृथ्वी शा १८,ऋषभ पन्त ७,कोलिन इनग्राम ११ रनमा आउट भए ।

तल्लो क्रमका अक्षर पटेल शेरफेन रदरफोर्ड आक्रमक ब्याटिङ गर्दै दिल्लीलाई विशाल योगफल सम्म पुर्याए । शेरफेनले १३ बलमा १चौका र ३ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे । पटेलले ९ बलमा ३ चौका प्रहार गर्दै १६ रनमा अविजित रहे । बेंगलोरका युजवेन्द्र चाहलले २,उमेश यादव,वाशिन्टन सुन्दर र नन्दीप सैनीले समान १ विकेट हात पारे ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार २०:०६