मालपोत कार्यालयका नायब सुब्बा घुससहित पक्राउ

काठमाडौँ : काठमाडौँको चावहिलस्थित मालपोत कार्यालयका नायब सुब्बा घुससहित पक्राउ परेका छन् । बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यलय परिसरबाट सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई दुई हजार घुससहित पक्राउ गरेको हो ।

नायब सुब्बा श्रेष्ठले सेवाग्राहीको विवादित जग्गाको विषयमा सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा सहजीकरणका लागि सेवाग्राहीसँग घुस मागेको र सोहि क्रममा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पक्राउ परेका श्रेष्ठमाथि आयोगले अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार १७:१०