स्पेनले नेपाल सरकारलाई दियो १४ करोड २० लाख मुल्यको स्वास्थ्य सामाग्री

काठमाडौं । स्पेन सरकारले नेपाललाई १४ करोड २० लाख रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्पेनले एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ मुल्य वरावरको ५ टन स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ ।

सामाग्री स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमनले मन्त्री त्रिपाठीलाई विमानस्थलमै हस्तान्तण गर्नुभएको हो । स्पेनका लागि नेपाली दुतावासका राजदुत दावाफुटी शेर्पाका अनुसार प्राप्त सामाग्रीमा एक लाख ४४ हजार फेस मास्क, एक लाख २५ हजार एन्टिजेन टेष्ट, अन्य मास्क, सेनिटाइजर, पञ्जा र स्वास्थ्य सामाग्री रहेको छ ।

सामाग्री लिएर स्पेनबाट स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमन र स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा सहितको टोली नेपाल आएको हो ।

नेपालका लागि विदेशीमुलकबाट प्राप्त भएको सहयोग सामाग्री यो हालसम्मकै धेरै भएको मन्त्रालयको भनाई छ । स्पेनी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री गोन्जालेजले लकडाउनले नेपालमा अलपत्र भएका स्पेनी नागरिकलाई उद्दार गरेकोमा नेपाललाई धन्यवाद दिदै आपसी सहयोगमा स्पेन जहिले तयार रहेको बताउनुभएको थियो।


प्रकाशित | ६ जेष्ठ २०७८, बिहीबार १३:३९