एनआरएनए जापानद्धारा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन, मिराई लाईफ कम्पनीसँग सम्झौता

टोकियो – गैर आवासीय नेपाली संघ ( एनआरएनए ) जापानले जापानमा बसोबास गर्नुहुने नेपाली समुदायको लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ । जापानबासी नेपालीको स्वास्थ्य समस्यामा सहयोग पुर्याउने उद्देश्यले सो अभियान शूरु गरिएको हो ।

एनआरएनए जापानले बीमा सेवा प्रदान गर्ने कम्पनी मिराई लाईफसँग कार्यक्रम सम्झौता पनि गरेको छ । एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी र मिराई लाईफका कमल अधिकारीले एक कार्यक्रमकाबीच सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा नेपाली राजदूतावासका नवनियुक्त उपनियोग प्रमुख अम्बिका जोशीले जापानमा नेपालीहरुको संख्या बढेसँगै लामो समय अस्पताल बसेर उपचार गर्ने बिरामीहरुको चाप पनि बढेको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो ।

एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले अब जापानमा रहनुहुने कुनै पनि नेपालीको स्वास्थ्य उपचारका लागि तथा कसैको मृत्यु भएमा शवलाई नेपालसम्म पुर्याउन चन्दा तथा राहत संकलन नभई व्यक्ति स्वयमले बीमा गर्दा सहज हुने बताउनुभयो । साथै अध्यक्ष भण्डारीले सवैलाई बीमा गर्न पनि आग्रह गर्नुभयो ।

अध्यक्ष भण्डारीले जापानमा सामान्य मोवाईल प्रयोगकर्ताले समेत मोवाईलको बीमा गर्ने चलन रहेको जानकारी दिनुहुँदै स्वास्थ्य बीमाले आफनो मात्र नभई परिवार कै जीवनमा सहयोग पुग्ने भनाई राख्नुभयो ।

मिराई लाईफका कमल अधिकारीले जापानको स्वास्थ्य बीमा कार्यक्रममा पेपर तथा अनलाईनबाट सिधै आवेदन लिन सकिने जानकारी दिनुभयो। जापानमा बसोवास गर्ने नेपालीहरूको स्वास्थ्य सुरक्षा संवेदनशिलतालाई ध्यानमा दिएर लामो समयको प्रयासपछि कार्यक्रम सुरू गर्न पाएकोमा खुसी समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ एनआरएनए मानार्थ सदस्य तथा जापानका सल्लाहकार कपीलदेव थापा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, मिराई लाईफ ईन्स्योरेन्स कम्पनीका सल्लाहकार आकियोसी सावायालेलगायतले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो ।

एनआरएनए जापानका महासचिव जनकविक्रम शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा एनआरएनए आईसीसी एसिया प्यासिफिक युवा संयोजक दीपक कंडेल, एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठ, तामाङ समाज जापानका अध्यक्ष रूविना तामाङ, थकाली सेवा समितिका अध्यक्ष बुद्दी गौचन, तमुधी जापानका अध्यक्ष सौगात गुरूङ, उपाध्यक्षहरू सोममाया गुरूङको सहभागिता थियो ।

त्यस्तैगरि, बिहुकोट समाज जापानका अध्यक्ष अशोक शर्मा गोपाल, कास्की पोखरा समाजका अध्यक्ष बिकास श्रेष्ठ, चितवन समाजका अध्यक्ष राजनकुमार श्रेष्ठ, दोलखा समाजका उपाध्यक्ष गीरबहादुर तामाङ, स्याङजा समाज जापानका अरमान गुरूङ, जापानी स्वास्थ्य बीमा कम्पनी ल्यासिकका अध्यक्ष साईतो मासाहिको, ल्यासिक बीमाका ईसिदा योसियुकि, एनआरएनए जापानका सचिव टिकाराम खरेल लगायतको सहभागिता रहेको थियो।


प्रकाशित | २० भाद्र २०७७, शनिबार १९:०७