बागलुङमा जन्ती बस दुर्घटना : १ को मृत्यु, ७ जना घाइते

बागलुङ : जन्ती बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। काठेखोला गाउँपालिका ५ बिहुँमा आइतबार साँझ दुर्घटना भएको हो । मृत्यु हुनेमा काठेखोला गाउँपालिका ८ का ६४ वर्षीय गंगा बिक रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माका अनुसार काठेखोला गाउँपालिका ५ बिहुँमा आइतबार साँझ ताराखोला गाउँपालिका १ माझखर्कबाट उक्त बस जन्ती लिएर काठेखोला गाउँपालिका–८ लेखानी आउँदै गरेको थियो। ध १ ख ४६८ नम्बरको उक्त बस बिहुँको भ्युटावर नजिकै दुर्घटना भएको हो। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित | ८ बैशाख २०७६, आईतवार १९:५८