एनआरएनएको ‘प्रवासी प्रवाह’ अनलाइन साहित्य कार्यक्रम शुरु हुँदै

काठमाण्डौं: गैरआवासीय नेपाली संघको भाषा, साहित्य, सस्कृती तथा सम्पदा प्रबर्द्धन समितीले यहि मे १७ (आइतबार) देखि साप्ताहिक अनलाइन साहित्यक कार्यक्रम ‘प्रवासी प्रवाह’ संचालन गर्ने भएको छ ।

कार्यक्रमको शुभारम्भ प्रसारण आइतबार, १७ मे, नेपाल समय बेलुकी ८ बजे देखि हुने र त्यसमा एनआरएनएका अध्यक्ष कुमार पन्तको शुभकामना मन्तब्यबाट शुभारम्भ हुने र साहित्यकार जिवा लामिछाने (जर्मनी) , गोपाल रेग्मी (अमेरिका) र उषा शेरचन (नेपाल) सङ्ग बिशेष कुराकानी र उनीहरुका रचना पाठ हुनेछन् ।

समितिका अध्यक्ष हिक्मत थापाका अनुसार प्रवासको नेपाली साहित्यलाई थप क्रियाशिल बनाउन यो कार्यक्रम प्रारम्भ गरिएको हो । समितिले यसका साथै गैरआवासीय नेपाली लेखकहरुका रचना समेटिएका नियात्रा संग्रह र गजल संग्रहको समेत प्रकाशनको तयारी गर्दैछ । यस अनलाइन कार्यक्रमको संयोजन र संचालन भगवती बस्नेतले गर्नुहुनेछ ।


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार १३:३४