मेलम्चीको पानी बालाजु बाईसधारामा खसालियो

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी आज ऐतिहासिक बालाजुस्थित बाइसधारामा खसालिएको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बाइसधारास्थित खानेपानी केन्द्रमा पुगेको मेलम्चीको पानी खोलेर बाइसधारामा खसाल्नु भएको हो ।

योसँगै बालाजु–सोह्रखुट्टे– नयाँबजार लगायतका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण शुरू भएको छ । कार्यक्रममा बालाजुका स्थानीयबासीले खुशीयाली मनाएका थिए ।


प्रकाशित | २० चैत्र २०७७, शुक्रबार १४:२४