एनआरएनए यूके मिडिया संयोजकमा पत्रकार शिव भण्डारी

लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको मिडिया संयोजकमा शिव भण्डारी चयन हुनु भएको छ । एनआरएनएले आफ्नो नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको सय दिन पूरा भएको अवसरमा लण्डन नेपाल न्यूजका प्रधान सम्पादक समेत रहेका भण्डारीलाई संयोजक पदमा मनोनयन गरिएको हो ।

नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्ष समेत रहेका भण्डारीले नेपाल पत्रकार महासंघ यूकेको दुई कार्यकाल सचिवमा निर्वाचित भइ उल्लेखनीय काम गरिसक्नु भएको छ ।

लगनशीलता र मेहेनतका साथ बेलायतस्थित नेपाली समुदायमा सक्रिय पत्रकारको भूमिका निर्वाह गरेका कारण महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका उहाँले बेलायतमा विगत १२ बर्षदेखि पत्रकारिता गर्दै आउनु भएको छ ।

गुल्मी धुर्कोट स्थायी घर भएका भण्डारीले अन्य साथीहरुको सद्भाव सहित करिब एक दशक अघि लण्डन नेपाल न्यूज नामक आफ्नै अनलाइन समाचार पोर्टल शुरू गर्नु भएको थियो ।


प्रकाशित | २८ कार्तिक २०७८, आईतवार ०९:३३