एसईई परीक्षा अनिश्चितकालको लागि स्थगित

काठमाडौँ : सरकारले माध्यमिक शिक्षा परीक्षा  (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुँदै थिए । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।


प्रकाशित | ५ चैत्र २०७६, बुधबार २०:३२