नेकपाको स्थायी कमिटी सदस्यमा पूर्वसभामुख महरा मनोनित

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिष्ट (नेकपा) को स्थायी कमिटी सदस्यमा मनोनित हुनु भएको छ ।
मंगलबार बबरमहलमा भएको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले महरालाई स्थायी कमिटीमा लैजाने सर्वसम्मत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।


प्रकाशित | ७ पुष २०७७, मंगलवार १९:२८