चौतारीमा बसेर अध्यक्ष भए भन्नेलाई निर्वाचन आयोगले खत्तम पार्दिएछः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी अध्यक्ष बने पनि निर्वाचन आयोगले खत्तम पार्दिएको टिप्पणी गर्नु भएको छ ।
आयोगले आइतबार नेकपाका दुबै समूहलाई आधिकारिकता दिएको थिएन ।
उहाँले आफू असफल भएर केही नहुने जिकीर गर्दै देश असफल हुन नहुने बताउनु भएको थियो ।
उहाँले पार्टी टुक्राउन खोजे पनि एकजुट बनाइराखिएको बताउनु भयो । उहाँले जनतालाई साथमा लिएर देश विकास गर्ने पनि बताउनु भएको छ ।


प्रकाशित | १२ माघ २०७७, सोमबार १७:४१