जन्म दिनको अवसरमा असहाय, दिनदुखी बालबालीकालाई तातो खाना

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) ले आफनो जन्म दिन असहाय, दिनदुखी बालबालीकालाई तातो खाना खुवाएर मनाउनुभएको छ । कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफनो जन्म दिनको अवसरमा असहाय, दिनदुखी बालबालीकालाई तातो खाना खुवाएर राधिकाले जन्म दिन मनाउनुभएको हो ।

हरेक वर्ष जन्म दिनको अवसरमा कहिल्य बालबालीका त कहिल्य ज्येष्ठ नागरिकलाई सहयोग र कहिले विभिन्न सामाजीक कार्य गर्दै आउनुभएको राधिकाले यस वर्षको जन्म दिनमा समाजसेवी इन्दिरा राना मगरको गैर सरकारी संस्था बन्दी सहायता नेपाल ( पिए नेपाल) मार्फत असहाय, दिनदुखी बालबालीकालाई तातो खाना खुवाउने अभियानमा साथ दिनुभयो ।

महामारीका कारण बन्दाबन्दी भएपछि इन्दिरा राना मगरले भोकालाई तातो खाना खुवाउने अभियान थाल्नुभएको थियो । उहाँले दैनिक ७ सय भन्दा बढीलाई तातो खाना खुवाइरहनु भएको छ ।


प्रकाशित | २७ कार्तिक २०७७, बिहीबार ११:३४