काभ्रे सहायता समाज बेल्जियमको च्यारिटी डिनरबाट स्वेताको माझी बस्तीलाई ५ लाख संकलन

बेल्जियम : काभ्रे सहायता समाज बेल्जियमले श्वेता खडका (स्वेता श्री फाउन्डेसन) को माझी बस्तीको लागि सहयोग जुटाउने उद्देश्यले बेल्जियममा च्यारिटी डिनर कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । बेल्जियममा गठन भएको छोटो समयमा उत्कृष्ठ कार्य गर्न सफल समाजले आयोजना गरेको च्यारिटी डिनरबाट ५ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । काभ्रे सहायता समाज बेल्जियमका संस्थापक अध्यक्ष दिनेश उपेत्तिको नेतृत्वमा आयोजीत च्यारिटी डिनरबाट सो रकम संकलन भएको हो ।

   

 

संस्थापक अध्यक्ष उप्रेत्तिले समाजले छोटो समयमा निकै नमूना र उत्कृष्ठ काम गर्न सफल भएको र अझै नमूना कार्य गर्दै जाने विश्वास ब्यक्त गर्नुभयो । च्यारिटी डिनर कार्यक्रममा बेल्जियमस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता हो । समाज विशेष गरि शिक्षा, स्वास्थ्य र समग्र काभ्रेको विकासमा लागिपरेको छ ।

काभ्रे सहायता समाजले विश्वभरी नै स्वेता श्री फाउन्डेसनले थालेको माझी बस्तीको लागि सहयोग संकलन कार्य जारी राखेको छ । त्यस्तै, बेल्जियम सहायता समाजले सहयोगीहरुमा धन्यवाद ज्ञापन गर्दै सहयोग गर्न चाहानुहुनेहरुलाई सहयोगको लागि अपिल समेत गरेको छ । समाजले संकलीत रकम फाउन्डेसनको नाममा पठाइने बताइएको छ ।

Posted by Dinesh Uprety on Monday, 12 August 2019

यस्ता छन् सहयोगी हातहरु:-


प्रकाशित | ५ भाद्र २०७६, बिहीबार १४:५२