आगामी मंगलबारसम्म मन्त्रिपरिषद पुनर्गठन हुने

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद पुनर्गठन गर्न बाटो खुला गरिदिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले प्रधानमन्त्रीलाई मन्त्रिपरिषद पुनर्गठन गर्ने बाटो खुला गरेको एक नेताले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी मंगलबारसम्म मन्त्रिपरिषद पुनर्गठन गर्ने उच्च स्रोतले जानकारी दिए । नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भएको थियो । बैठकमा कसलाई नयाँ मन्त्री बनाउने भन्नेबारे टुंगो लगाएको छैन । स्रोतका अनुसार सोमबारसम्म नयाँ मन्त्री बन्ने नेताहरू टुंगो लाग्ने छ । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा छ ।


प्रकाशित | २ मंसिर २०७६, सोमबार ०८:३८