सुटिङमा सुस्मिताको राष्ट्रिय कीर्तिमान

नेपालगंज: आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले राष्ट्रिय राष्ट्रिय कीर्तिमान बनाएकी छन् । नेपालगन्ज रंगशालास्थित सुटिङ रेन्जमा सोमबार सुस्मिताले २४० पूर्णाङकमा २३४ अंक जोड्दै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै कीर्तिमानी स्वर्ण जितिन् । २२७ अंकमा आर्मीकी कल्पना परियार दोश्रो तथा २०३ अंकमा प्रहरीकी अस्मिता राई तेश्रो भइन् । पुरुष १० मिटर एयर राइफलमा प्रदेश ५ का अर्नव घिमिरेले स्वर्ण जिते । उनले कुल २४० अंकमा २१६ अंक जोडे । २१४ अंक जोडेका प्रहरीका हरिबहादुर थापा दोश्रो तथा १९६ अंक जोडेका आर्मीका सुशे चौधरी तेश्रो भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १७:४४