नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न भारतलाई नेपाल सरकारको आग्रह

काठमाडौं : नेपाल सरकारले नेपाली भूमिमा कूनै पनि गतिविधि संचालन नगर्न भारत सँग आग्रह गरेको छ । पराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत सरकारलाई नेपाली भूमिमा कुनै पनि प्रकारका गतिविधि संचालन नगर्न आग्रह गरिएको हो ।

भारतले नेपाली भूभाग मिचेर धार्मिक स्थल मानवसरोवरसम्म जोड्ने सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि सरकारले अघिकारिक धारण सार्वजनीक गरेको हो ।

परराष्ट्रले भारतले निर्माण गरेर उद्घाटन गरेको उक्त ‘लिंक रोड’ नेपाली भूभाग रहेको बताउँदै  एकपक्षीय कार्य दुई देशहरूबीच भएको समझदारीविरुद्ध रहेको ठहर समेत गरेको छ ।

सरकार दुई देशबीचको घनिष्ठ र मैत्री सम्बन्धको भावना राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शाको आधारमा सीमाका मुद्दाहरूको कूटनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रकाशित | २७ बैशाख २०७७, शनिबार २०:२४