बालुवाटार जग्गा प्रकरण: भूमाफियाको विरोधमा उत्रिएका विवेकशील दलका १७ पक्राउ

काठमाडौं: बालुवाटारको जग्गा भूमाफियाको नाममा दर्ता गराएको विराधमा आन्दोलनमा उत्रिएका विवेकशील नेपाली दलका १७ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। बालुवाटरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले दलका संयोजक उज्जल थापासहित १७ जनालाई पक्राउ गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवासमा विरोध प्रदर्शनमा उत्रिएका उनीहरु भूमाफियाले प्रधानमन्त्री निवास र प्रधान्यायाधीश निवासलाई कब्जा गर्न खोजेको भन्दै नेपालको राष्ट्रिय झण्डासहित बालुवाटार पुगेका थिए। सोही क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा संयोजक थापा, मिलन पाण्डे, अमृत विष्ट, रामजी पन्त, शशीविक्रम कार्की, रमेश सिलवाल, लक्ष्मण श्रेष्ठलगायत १७ जना छन् ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १४:०६