प्यासिफिक हस्पिटालिटीमा अर्गानिक उत्पादनका स्टल राखिने: एनआरएन अध्यक्ष भट्टद्धारा भोली उद्घाटन

काठमाडौं : अष्ट्रेलियामा ब्यवसाय गर्दै आउनुभएको गणेश केसीद्धारा सञ्चालीत प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनेरी एकेडेमीले मुलुकभर उत्पादन भएका जैविक तथा विषादी रहित तरकारी र किसानद्धारा उत्त्पादित खाद्य वस्तु बिक्री वितरण गर्नको लागि स्टल प्रदर्शनी गर्ने भएको छ ।

मौतिदेवीस्थित प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनेरी एकेडेमी प्रांगणामा बैशाख १४ गते शनिबार देखि हरेक शनिबार बिहान ८ बजे देखि २ बजे सम्म अर्गानिक उत्पादनको बिक्री वितरण केन्द्रको रुपमा प्रदर्शनी गर्न लागेको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष भवन भट्टले भोली एक कार्यक्रमकाबीच सो स्टलको उद्घाटन गर्नुहुने भएको छ ।

प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनेरी एकेडेमीका सञ्चालका केसीका अनुसार भोली एक कार्यक्रम गरि स्टलको औपचारिक उद्घाटन गरिन लागिएको हो । केसीका अुनसार किसानलाई प्रोत्साहीत गर्ने तथा होटल, रेष्टुरेन्ट, रिसोर्ट र घरभान्सामा अर्गानिक परिकार प्रयोग गराउने उद्देश्यले स्टल राखिन लागेको हो ।

स्टलमा बेकरीमा परिकारहरु विभिन्न तरकारी, हरियो सागपात, फलफूल जुस, डेरीका परिकार, नेपाली कफि, हुम्लाको सिमीको दाल, मार्सी चामाल, लोकल अन्डा, विभिन्न नेपाली अचारहरु, सिस्नो पाउडर, हिमाली जडिबुटीहरु, जिम्बु, जौका, टिमुर, सातु, मह, कोदोको पिठो, फापरको पिठो, मैकको पिठो, ग्रीन टी, हर्बल टीलगायतका नेपाली भान्सामा प्रयोग हुने बस्तुहरुका साथै फूल सहितको गमला सुपथ मुल्यमा बिक्री गरिनेछ ।


प्रकाशित | १३ बैशाख २०७६, शुक्रबार १२:२३