यूरोपको माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न गैर आवासीय नेपालीको माग

इटाली : यूरोपको माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली राजदुताबास स्थापना गर्न गैर आवासीय नेपालीले जोडदार माग गरेका छन् । गैर आवासीय नेपालीले तत्कालका लागि कुटनीतिक मिशन सुरु नहुँदासम्म ती मुलुकहरुमा सहज र नजिक हुने कुटनीतिक नियोगमा हस्तान्तर गराउन समेत आग्रह गरेका छन् । एनआरएनए यूरोपको इटालीमा सम्पन्न क्षेत्रीय बैठकले सो माग गरेको हो ।

बैठकमा युरोपमा रहेका अष्ट्रियाका लागि प्रकाश कुमार सुवेदी, बेल्जियमका लागि लोकबहादुर थापा, डेनमार्कका लागि युवनाथ लम्साल, फ्रान्सका लागि दीपक अधिकारी, जर्मनीका लागि रमेश प्रसाद खनाल, रसियाका लागि ऋषिराम घिमिरे, स्वीट्जरल्याण्डका लागि तीर्थराज घिमिरे, स्पेनका लागि हिराकान्त पौडेल, बेलायतस्थित नेपाली दूतावासका द्धितीय सचिव लव सुवेदीलगायतका कुटनीतिक क्षेत्रका ब्यक्तीहरुको पनि सहभागीत थियो ।

त्यस्तै, बैठकले नेपालमा कुटनीतिक नियोग भएका युरेपियन युनियन (इयू) का मुलुकहरुले युरोपमा बसेको नेपालीहरुको पारिवारिक विवरण बुझ्नु परेमा नेपाल सरकारका निकायमार्फत वा नेपालको सुरक्षा निकायसहित मात्र आउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयलाई माग गरेको छ । बैठक विभिन्न १७ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको थियो ।


प्रकाशित | २० श्रावण २०७६, सोमबार १९:१७