जापानबाट तत्काल नेपाल फर्किन वा आउन चाहनेहरुलाई फर्म भरिदिन एनआरएनएको अपिल

टोकियो : विश्वब्यापी फैलिएको कोरोना भाईरसका कारण हवाई उड़ान प्रभावित भएको वर्तमान अवस्थामा नेपाल फर्किन तथा जापान आउन चाहनुहुने व्यक्तिहरुलाई एनआरएनए जापानले पहल गर्ने भएको छ ।

एनआरएनए जापानले यसका लागि ईच्छुक व्यक्तिहरुको आँकडा प्राप्त भएपछि त्यस अनुरुप हवाई सेवा व्यवस्थापन गर्न सकिने जनाएको छ । जसअनुसार नेपाल फर्किन चाहने तथा जापान आउन चाहनेहरु बारे एनआरएनए जापानले अनलाईन सर्वेक्षण थालनी गरेको छ ।

एनआरएनएले जापानले भनेको छ, ‘यदि तपाई पनि तत्काल नेपाल जान चाहनुहुन्छ भने यो सर्वेक्षणमा सहभागी हुन सक्नुहुनेछ ।’ यस सर्वेक्षणबाट प्राप्त हुने मानिसहरुको संख्याको आधारमा विमान चार्टर्ड गरिने समेत एनआरएनएले जनाएको छ ।

यसका लागि गैर आवासीय नेपाली संघ जापानले जापानमा रहेको नेपाली दुताबास र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदलाई पत्रचार मार्फ़त अपिल गरिसकेको संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी गराउनुभएको छ ।


प्रकाशित | २१ बैशाख २०७७, आईतवार १४:५२