१० बुँदे समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं: विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले अमेरिकामा सूर्य लम्सालको अध्यक्षतामा ३७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच आइसिसी अध्यक्ष विनोद कुँवर र एनसिसी अमेरिकाका नवनिर्वाचित अध्यक्ष लम्सालबीच १० बुँदे समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।
सो कार्यक्रममा एनआरएनए संरक्षक सोनाम लामा, सल्लाहकार श्याम तामाङ र पुरु श्रेष्ठ सहभागि हुनुहुन्थ्यो ।
कुँवर नेतृत्वको कार्यसमितिले यस अघि साउदी अरब, ओमान, क्यानडा, क्रोयसिया, कतार लगायतका देशमा एनसिसीहरू गठन गरिसकेको छ ।
यस्तो छ समझदारीपत्र
यस्तो छ नयाँ कार्यसमिति
प्रकाशित | १८ भाद्र २०७९, शनिबार २०:१०