एनआरएनए सचिवमा यूकेबाट दयानिधी सापकोटाको उम्मेदवारी घोषणा

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि यूकेबाट दयानिधी सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए यूरोपको सह-संयोजक रहनु भएको सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

एनआरएन अभियानमा सन् २००६ देखि सक्रिय रहँदै आउनु भएको सापकोटाले एनआरएनए युकेको कार्यसमिति सदस्य, सलाहकार सदस्य तथा बिभिन्न टास्कफोर्समा काम गर्दै आईसीसी सदस्य भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएको छ ।

शालिन स्वभावको दयानिधि निकै लोकप्रिय हुनुहुन्छ । उहाँको विचारलाई धेरैले निकै चासोका साथ लिएको पाइन्छ । संस्थामा महत्वपूर्ण योगदान गर्दै आउनु भएको र थप योगदान गर्न सक्ने दयानिधि जस्तो ब्यक्तीहरुलाई सबैले साझा उम्मेदवारको रुपमा रोज्नुपर्ने पनि संस्थाका अग्रज तथा अभियन्ताहरु बताउँछन् ।


प्रकाशित | २८ भाद्र २०८०, बिहीबार १७:२६