भलिबल टिमकी पूर्व कप्तान बिनिताको सफल शल्यक्रिया, ६ महिना मैदान बाहिर

काठमाडौं :  राष्ट्रिय महिला भलिबल टिमकी पूर्व कप्तान बिनिता बुढाथोकीको सफल शल्यक्रिया गरिएको छ । उनको सतुङ्गलमा रहेको एपीएफको हस्पिटलमा शल्यक्रिया गरिएको हो ।

बाँकेको नेपालगञ्जमा यसै महिना भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दौरान चोट बोकेकी बिनिताको बिहिबार सफल सल्यक्रिया गरिएको हो ।

बिहिबार सल्यक्रिया गरेकी बिनिता कम्तिमा ६ महिना मैदान बाहिर रहने चिकित्सकले बताएका छन् । करिब दुई महिना पछि उनको खुट्टामा लगाईएको प्लास्टर खोलिने चिकित्सकले उल्लेख गरेका छन् ।


प्रकाशित | ३० फाल्गुन २०७६, शुक्रबार १६:३५