सम्पर्क समिति कोरियाद्धारा कुँवर नेतृत्वको एनआरएनए नवनिर्वाचित पदाधिकारीलाई सम्मान

सिओल : नेपाली सम्पर्क समिति दक्षिण कोरियाले विनोद कुँवरको नेतृत्वमा रहेको एनआरएनएको नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । राजधानी सिओल शहरमा एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष कुँवरसहित प्रवक्ता प्रकाश धमला र सचिब जुनु गुरुङ लगायत नवनिर्वाचित कार्यसमितीलाई बधाई ज्ञापनसहित सम्मान गरेको हो ।

सो अवसरमा बोल्नु हुँदै अध्यक्ष कुँवरले आफू र आफ्नो नेतृत्वमा रहेको एनआरएनए नै आधिकारिक र विधिसम्मत भएको बताउनु भयो । आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको र यो जिम्मेवारीलाई सबैसँग हातेमालो गरेर कुशलतापूर्वक सम्पन्न गर्ने उहाँले बताउनु भयो ।

एआरएनएलाई अनावश्यक राजनीतिक हस्तक्षेपमुक्त बनाउन एउटा स्वतन्त्र र सामान्य व्यक्तिले पनि नेताको ढोकामा नगई असल कामको आधारमा नेतृत्व लिन सक्ने वातावरण बनाउनुपर्ने खाँचो रहेको उहाँले औल्याउनु भयो ।

कार्यक्रममा प्रवक्ता प्रकाश धमला, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया अध्यक्ष इश्वर कठायत, एनआरएनए दक्षिण कोरिया विधान परिमार्जन समिति संयोजक डाक्टर अग्नी कोइराला, ‘महिलाका लागि महिला’ की वरिष्ठ उपाध्यक्ष रूपा गुरुङ, ‘महिलाका लागि महिला’ को निवर्तमान अध्यक्ष मल्लिका ठकुरीलगायतले आफ्नो धारणाहरू राख्नु भएको थियो ।

कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष जीवन खतिवडा, एनआरएनए ख्यङ्साङ्नाम्दो कमिटी अध्यक्ष प्रशान्तराज बानीयाँ, एनआरएनए ख्यङ्गिदो-ईन्छन क्षेत्रीय कमिटी अध्यक्ष पुरुषोत्तम गौतम, दोलखाली समाजका प्रमुख सल्लाहकार लालकाजी बस्नेत, राप्ती समाज अध्यक्ष ओमलाल ओली, स्याङजा समाज अध्यक्ष विजय थापा, पर्वत समाज अध्यक्ष नवीन पराजुली, दोलखाली समाज तथा शेर्पा समाज सल्लाहकार कुसाङ्ग शेर्पा, चितवन सम्पर्क समिति अध्यक्ष राजकुमार स्याङ्तान लगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम सम्पर्क समिति कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सम्पर्क समितिका महासचिव अभिषेक सापकोटा र वरिष्ठ सल्लाहकार राजेन्द्र दुलालले पनि बधाई तथा शुभकामना दिनु भएको थियो ।

आयोजक समितिको नाम सम्पर्क हुनुपर्नेमा अन्यथा भएकाले  सच्याइएको छ : सम्पादक


प्रकाशित | २८ चैत्र २०७८, सोमबार १६:४५