नायिका श्वेता खडकाको शल्यक्रिया: झिकियो घाँटीको ट्युमर

काठमाडौं : भारतको बीएलके अस्पतालमा अभिनेत्री श्वेता खड्काको घाँटीको ट्युमर अप्रेसनपछि निकालिएको छ  । श्वेताको सफलतापूर्वक ट्युमर निकालिएको हो  अप्रेसनपछि लामो फेसबुक स्टाटस लेख्दै अभिनेत्री अप्रेसनपछि आफूले डरलाग्दो अवस्थाबाट जित हासिल गरी नयाँ जीवन पाएको श्वेताले बताउनुभएको छ । अभिनेत्री खड्काले स्वास्थ्य अवस्थाका कारण ‘हेल्लो जिन्दगी’ खेल्न नसक्ने पनि बताउनुभयो । ‘म फिल्म खेल्ने जुन उत्साहका साथ लन्डन आएकी थिएँ । यति बेला मेरो स्वास्थ्यस्थितिका कारण खेल्न असमर्थ भएकी छु । मेरा लागि यसले अर्को पीडा थपिदिएको छ,’ खड्काले आफ्ना शुभचिन्तक दर्शकको आफूप्रतिको आशालाई निराशा बनाएकोमा दुःख पनि व्यक्त गर्दै भन्नुभएको छ ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १३:२०