काठमाडौँ : काठमाडौँको बानेश्वर संगम चोकबाट दुई महिलासहित १० जुवाडे पक्राउ परेका छन् । बुधबार साँझ विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट एक लाख २३ हजार ८ सय ३५ रुपैयाँ सहित जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीको जनाएको छ ।
प्रकाशित | २ आश्विन २०७६, बिहीबार ०९:१७