इन्डियन प्रिमियर लिग : मुम्बईको रोमान्चक जित

एजेन्सी : वेस्ट इन्डिजका युवा बलर अल्जारी जोसेफले इन्डियन प्रिमियर लिग (आईपीएलं को इतिहासमै कीर्तिमानी बलिङ गरेपछि मुम्बई इन्डीयन्सले सनराइजर्स हैदराबादलाई ४० रनले पराजित गरेको छ । आईपीएलमा डेब्यु गरिरहेका जोसेफले ६ विकेट लिए । मुम्बईले प्रस्तुत गरेको १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको सनराइजर्स हैदरावाद जोशेफको अविश्वसिनय बलिङसँगै १७।४ ओभरमा अल आउट हुँदै ९६रनमा समेटियो । चौथो ओभरको चौथो बलमा युवा स्पिनर राहुल चाहारले जोनी बेयस्टोलाई १६ रनमा जसप्रित बुमराहबाट क्याच आउट गराउदै ओपनिङ साझेदारी तोडेका थिए ।

पाँचौ ओभरको पहिलो बलमै अल्जारी जोशेफले डेविड वार्नरलाई १५ रनमा बोल्ड आउट गरे । सातौं ओभरको पाँचौ बलमा जोशेफले विजय शंकरलाई ५ रनमा क्याच आउट गराए । मनिष पान्डे १६ र युसुफ पठान डक आउट भएपनि हैदरावादको जित कठिन बन्न पुगेको थियो ।

१६ औं ओभरको पाँचौ बलमा दिपक हुड्लाई जोशेफले २० रनमा बोल्ड आउट गरे । लगतै आफै अर्को बलमा राशिद खानको क्याच लिँदै शून्यमा पेभेलियन फर्काए । १८ औं ओभरको पहिलो बलमा कप्तान भुवनेश्वर कुमारलाई बोल्ड आउट गर्दै जोसेफले डेब्यूमै ५ विकेट पुरा गरे । तीन बलपछि सिद्दार्थ कौललाई आउट गर्दै उनले कीर्तिमानी ६ विकेट लिए ।आईपीएलमा डेब्यूमै ६ विकेट लिने उनी पहिलो बलर हुन् ।

जोशेफले समग्रमा ३।४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ६ विकेट लिए । यो नै आईपीएल इतिहासमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन हो । उनीसँगै राहुल चाहार २ तथा जसप्रित बुमराह र जोशन बेहरनडोफले समान १(१ विकेट लिए ।

त्यस अघि राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनायो । मुम्बईका लागि काइरान पोलार्डले अन्तिम दुई ओभरमा विश्फोटक ब्याटिङ गर्दै सम्मानजनक योगफल सम्म पुयाए । पोलार्डले १९ औं ओभरमा सिद्धार्थ कौललाई ३ छक्का सहित २० रन जोडेका थिए ।

अन्तिम ओभरमा भुवनेश्वर कुमारलाई पोलार्डले २ चौका र १ छक्का सहित १९ रन जोपछि मुम्बई सस्तैमा समेटिनबाट बचेको हो । विष्फोटक ब्याटिङ गरेका पोलार्ड २६ बलमा २ चौका र४ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहे ।

खराब सूरुवात गरेको मुम्बईका कप्तान रोहित शर्मा ११, क्विन्टन डी कक १९,सुर्य कुमार यादव ७,इशान किशन १७ र कूनाल पान्ड्या ६ र हार्दिक पान्ड्या १४ रनमा आउट भएपछि मुम्बई १६।३ ओभरमा ८६(६ को कमजोर अवस्थामा पुगेको थियो । (हाम्रो खेलकुदको सहयोगमा)

चौथो ओभरको चौथो बलमा रोहितलाई मोहम्मद नाबीले दिपक हुड्डाबाट क्याच आउट गराए । पाँचौ ओभरको अन्तिम बलमा सुर्यकुमार यादवलाई सन्दीप शर्माले एलवी डब्लू आउट गरे । त्यस्तै ९ औं ओभरको दोस्रो बलमा सिद्धार्थ कौलले क्विन्टन डीककलाई हुड्डाबाटै क्याच आउट गराएका थिए ।

मुम्बईका ब्याट्सम्यानको गैरजिम्मेवारी ब्याटिङ यतिकैमा रोकिएन । कौललेनै विकेटकीपर जोनी बेयरस्टोबाट १२ ओभरको चौथो बलमा क्रुनाल र १३ ओभरको पाँचौ बलमा किशन रन आउट हुन पुगे ।

यसअघिका खेलमा उत्कृष्ट फिनिसिङ गरेका हार्दिकलाई १७ ओभरको तेस्रो बलमा राशिद खानले विजय शंकरबाट क्याच आउट गराएपछि मुम्बईको ठूलो योगफलको आसा पनि सकिएको थियो । हैदरावादका सिद्धौथ कौलले २, राशिद खान,मोहम्मद नाबी,सन्दीप शर्मा र भुवनेश्वर कुमारले समान एक विकेट हात पारे ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार ०६:४४