‘इद उल फित्र’को अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं: सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इद उल फित्र’को अवसरमा आज बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यसअघिको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि मुस्लिम आयोगको सिफारिसमा आज बिदा दिइएको हो गृह मन्त्रालयले बिदासम्बन्धि औपचारिक जानकारी गराएको छ । चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले बुधबार नै बिदा दिन अनुरोध गरेको मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले जानकारी दिनुभयो ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार २१:०७