हङकङका अर्बपति होतुङ र अमरधन फाउन्डेसनद्धारा नेपाललाई ४५० थान अक्सिजन सिलिन्डर सहयोग

काठमाडौं । हङकङका अर्बपति हिस्टर सन होतुङ र अमरधन मेमोरियल फाउन्डेसनले संयुक्त रुपमा पठाएको ४५० थान अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेको छ । होतुङ र फाउन्डेसनले संयुक्त रुपमा कोरोना संक्रमण न्यूनीकरणको लागि नेपाललाई ४५० थान अक्सिजन सिलिण्डर पठाएको हो ।

गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहनु भएको फाउन्डेसनका संस्थापक त्रिलोक गुरुङले पहिलो चरणमा ती अक्सिजन सिलिन्डरहरु पठाइएको बताउनु भयो । गुरुङले आफ्ना मातापिताको सम्झनामा सो फाउन्डेसन विं. सं २०७३ मा स्थापना गर्नु भएको थियो ।

अक्सिजन सिलिन्डरहरु एनआरएनए कोभिड -९१९ उच्चस्तरीय कमिटी मार्फत नेपालका कोरोना प्रभावित विभिन्न क्षेत्रहरुमा बितरण गरिने गुरुङले बताउनु भयो ।  अक्सिजन सिलिन्डर बढी कोरोना संक्रमण फैलिएको र सहयोग नपुगेको ठाउँमा वितरण गरिने उहाँले बताउनु भयो ।

एनआरएनएको सचिवालयमा रहेका अक्सिजन सिलिन्डर जतिसक्दो चाँडो विभिन्न हस्पिटलहरुमा पुर्याइसक्ने बताउनु भयो । गुरुङका अनुसार अक्सिजन सिलिण्डरहरु कर्णली प्रदेशमा १२५ थान, सुदुरपश्चिम प्रदेशमा ११० थान, गण्डकी प्रदेशमा १२५ थान र बाग्मती प्रदेशमा ९० थान पठाइएको हो ।

त्यस्तै, नेपालमा थप १० देखि १२ करोड वरावरको स्वास्थ्य सामाग्री पनि पठाइएन लागिएको उहाँले बताउनु भयो । उहाँले अहिले पठाइएको अक्सिजन सिलिण्डर १ करोड वरावरको रहेको बताउनु भयो ।

निकट भविष्यमा फाउन्डेसनमार्फत् आईसोलेसन सेन्टर, अक्सिजन व्यवस्थापन, अनुसान्धन केन्द्र, अक्सिजन प्लान्ट निर्माण लगायत मानसिक आघात तनाव निबारण परामर्श केन्द्रजस्ता ठूला परियोजना समेत संचालन गरिने बताउनु भयो ।


प्रकाशित | ७ असार २०७८, सोमबार १३:०७