एजेन्सी: सामाजिक सञ्जाल फेसबुकले फोटो र भिडियो सङ्ग्रहसम्बन्धी नयाँ सुविधा थपेको छ । नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर सङ्ग्रह गर्न सकिने भएको छ । फेसबुकबाट गुगलमा फोटो सार्नका लागि केही प्रक्रिया अपनाउनुपर्ने कम्पनीले जनाएको छ । गुगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जानुपर्नेछ । त्यसका […]
लन्डन: कोभिड १९ महामारीका कारण ब्रिटिस आर्मीमा यस वर्ष नेपालबाट नयां भर्ती नहुने भएको छ । कोरोना भाइरसको महामारीले गर्दा ‘रेक्रुट इन्टेक २०२१’ का निम्ति नयां दर्ता र क्षेत्रीय छनोट रद्द गरिएको बेलायतको ब्रिटिस आर्मी मुख्यालयले जनाएको छ । मुख्यालयले आफ्नो वेबसाइटमार्फत विज्ञप्ति जारी गर्दै यसपटक असहज परिस्थितिका कारण नयांलाई अवसर दिन सम्भव नभएको जनाएको […]
न्यूयोर्क: अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन जुलाईको पहिलो साता अमेरिकामा ३० हजारलाई दिइने भएको छ । अमेरिकाको एलर्जी तथा सरुवा रोग राष्ट्रिय प्रतिष्ठानका निर्देशक डाक्टर एन्थोनी फाउचीले यो बर्षको अन्त्यसम्ममा यो भ्याक्सिनका एकसय मिलियन डोज उपलब्ध हुनुपर्ने बताएका छन् । अमेरिकाको एलर्जी तथा सरुवा रोग राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा बायोटेक कम्पनी मोडेर्नाले यो भ्याक्सिनको […]
लण्डन । बेलायतमा गत मार्च २३ तारिखदेखि लागू लकडाउन सोमबारदेखि केहि खुकुलो भएको छ । जसअन्तर्गत इंग्ल्याण्डका प्राइमरी स्कुलहरु पुन सञ्चालनमा आएका छन् । मानिसहरुले लामो सयमपछि छ जनासम्मको समुहमा भेट्ने छुट पाएका छन् । ओपन मार्केट, कार शो रुम लगायतका केहि व्यवसाय पनि खुला गरिएका छन् । कोरोना महामारीका कारण पछिल्लो १० सातादेखि बन्द […]
काठमाडौंँ: कोरोना भाइरस सङ्क्रमण बढेपछि दक्षिण कोरियाका विद्यालय पुनः बन्द गरिएको छ । कोरियामा सञ्चालनमा आएको केही दिन नबित्दै दुई सय विद्यालय बन्द गरिएको हो । कोरोना भाइरस सङ्क्रमणको जोखिम घटेपछि दक्षिण कोरियामा गत बुधबारबाट विद्यालय सञ्चालनमा आएको थियो । तर भोलिपल्ट ७९ जना नयाँ सङ्क्रमित फेला परेपछि फेरि विद्यालय बन्द गरिएको हो । पछिल्लो […]
काठमाडाैं /एजेन्सी एक अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्युको घटनालाई लिएर अमेरिकामा आन्दोलन चर्किएको छ । प्रहरीले सडकमा पक्राउ गर्ने क्रममा उनको घाँटी थिचेको भिडियो बाहिर आएपछि अफ्रिकी मूलका अमेरिकीहरु आक्रोशित भएका हुन् । प्रहरीले अश्वेत व्यक्तिको हत्या गरेको भन्दै अमेरिकाको न्युयोर्कदेखि लस एन्जलससम्म प्रदर्शन भएको छ । अमेरिकाका करिब ३० वटा सहरमा प्रदर्शन […]
एजेन्सी : भारतमा थप एक महिना लकडाउन लम्ब्याउने निर्णय भएको छ । भारत सरकारले शनिबार उक्त निर्णय गरेको हो । भारतमा यो पाँचौ चरणको लकडाउन हो । निर्णयअनुसार पाँचौ चरणको लकडाउनसँगै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने तयारी भारत सरकारले गरेको छ । जसअनुसार जून ८ देखि लकडाउन खुकुलो बनाउने पहिलो चरण सुरु हुन्छ । […]