रुसबाट खोप ल्याउन सम्पूर्ण प्रक्रिया पूरा, केही दिनमै आइपुग्ने

काठमाडौं। नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको र अब चाँडै नै खोप आइपुग्ने कम्पनीका उच्च अधिकारीले बताउनुभयो । तर उहाँले नाम उल्लेख गर्न […]

नेपाललाई खोप उपलब्ध गराउन डेनमार्क सकारात्मक

काठमाडौं । डेनमार्क सरकारले कोरोना खोप उपलब्ध गराउन सकारात्मक देखिएको छ । डेनिस सरकारले खोप उलपब्ध गराउन सक्ने संकेत देखाएपछि स्वास्थ्य सेवा विभागले पत्र लेखेर एस्ट्राजेनेकाको खोप १४ लाख डोज उपलब्ध गराउन आग्रह गरेको हो । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ । स्वास्थ्य सेवा […]

स्पेनले नेपाल सरकारलाई दियो १४ करोड २० लाख मुल्यको स्वास्थ्य सामाग्री

काठमाडौं । स्पेन सरकारले नेपाललाई १४ करोड २० लाख रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्पेनले एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ मुल्य वरावरको ५ टन स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ । सामाग्री स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमनले […]

विश्वभर १४ करोड ५० लाख बढीले जिते कोरोना

काठमाडौँ । विश्वभर १४ करोड ५० लाखभन्दा बढी कोरोनामुक्त बनेका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर १४ करोड ५० लाख १६ हजार ४५७ जना कोरोना संक्रमित निको भएका हुन् । हाल विश्वभर संक्रमितको संख्या १६ करोड ४८ लाख ८० हजार ६१६ रहेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ८ हजार ४६५ जना नयाँ […]

भारतमा कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै ४ हजार ३ सय ४० जनाको मृत्यु

नयाँ दिल्ली । कोरोना संक्रमणका कारण भारतमा एकैदिन अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । पछिल्लो पटक संक्रमणबाट ४३ सय ४० सय जनाको मृत्यु भएको हो । अघिल्लो दिन करिब ४१ सय जनाको मृत्यु भएको थियो । त्यस्तै गएको मे एघार तारिखमा एकैदिन सबैभन्दा बढी ४२ सय जनाले ज्यान गुमाएका थिए । त्यहाँ कोरोनाबाट मृत्यु […]

दिल्लीमा एक साताका लागि लकडाउन थपियो

काठमाडौं । भारतको दिल्लीमा थप एक साता लकडाउन थपिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जारी लकडाउन एक साताका लागि थप गर्ने घोषणा गरेका हुन् । यसअघि सोमबारसम्मका लागि लकडाउन गरिएको थियो । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै केजरीवालले सर्वसाधारण लकडाउनका कारण दुःखी भएको भएपनि यो समय एकअर्काको सहारा दिने समय भएको बताएका छन् । […]

पछिल्लो २४ घण्टामा विश्वभर संक्रमितभन्दा निको हुनेको संख्या धेरै

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमितभन्दा निको हुनेको संख्या धेरै भएको छ । एकैदिन ७ लाख ७८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै एक लाखले धेरै हो । विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड १४ लाख ४८ हजार ९६३ पुगेको छ । कुल […]