समीक्षा लामिछाने पछिल्लो समय कोभिड संक्रमितको संख्या उल्लेखनीय रुपमा बढेसँगै अग्रमोर्चाका स्वास्थ्यकर्मीहरु झनै जोखिमतर्फ धेकेलिएका छन्। त्यसै पनि राज्यको उपेक्षा र समाजको विभेदले पटकपटक अपहेलित हुँदै आएका चिकित्सक र अन्य स्वास्थ्यकर्मी आफैं कोरोना भाइरसको संक्रमण झेल्न विवश बन्दै आएका छन्। पछिल्ल्लो समयका केही घटनाहरुले त झन् आफ्नै ज्यान जोखिममा राखेर कार्य गर्नेहरुलाई नराम्ररी हतोत्साही बनाएको […]
संगीता विश्वकर्मा दर खाने दिनको बिहानी डयुटी जाने तरखर गर्दै थिएँ, आमाले फोनमा भन्नुभयो, ‘वरपर सबैका घर उज्यालो भयो तर हाम्रो घरमा शून्यता छायो, तिमी आइनौ छोरी।’ बोली फुटेन, भक्कानिँदै फोन राखेँ अनि आँखाबाट गंगा बगाएँ, तबमात्र मन अलि हल्का भयो। भित्तामा हेरें, घडीले साढे सात बजाइसकेछ। खाना खान मन लागेन, कपडा लगाएँ अनि ड्युटी […]
डा जयप्रकाश साह विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड-१९) श्वास-प्रश्वासको माध्यमबाट सर्ने रोग हो। संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट अर्को व्यक्तिमा यो भाइरस सर्छ। कोभिड-१९ का बिरामीलाई ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, जिउ गह्रुङ्गो लाग्ने, झाडा-पखाला लाग्ने, जिब्रोले स्वाद नपाउने जस्ता लक्षण देखा पर्छन्। […]
डा प्रकाश बुढाथोकी कोभिड–१९ सर्ने माध्यम नाक, आँखा र मुखबाट निस्कने स–साना पानीका फोका, भाइरस रहेका सामानसँगको सम्पर्क र केही मिनेटभित्र बन्द कोठामा रहेको हावा हो। नजिकै सम्पर्कमा रही उपचार गर्नुपर्ने, उपचार पद्धतिमा एराजोल निस्कने, बन्द कोठामा उपचार हुने, बिरामीले मास्क नलगाउने तथा पानीका फोकाहरु सरसामान र वातावरणमा रहने कारणले उच्च जोखिममा डेन्टल उपचार रहेको […]
डा पदम नेपाली मानिसको ८/१० केजी तौल घट्नु वा घटाउनु सामान्य कुरा हो। नेपालकै केही व्यक्ति र बलिउडका केही सेलिब्रेटीले ५०-६० देखि १०० केजीसम्म तौल घटाएका प्रमाणहरु पनि छन्। तर १-२ केजी मात्र तौल बढी भएकाहरुलाई भने त्यति नै तौल घटाउनु पनि ठूलै सफलता हो। सेलिब्रेटी र चर्चित व्यक्तित्वहरुको जीवनशैली र पद्दति सामान्य व्यक्तिको भन्दा […]
काठमाडौँ – हरेक मानिस सधैँ खुसी रहने चाहना राख्छन् । ऊर्जाशील हुनुको एउटै उत्तम उपाय खुसी हुनु हो । हामीले केही साना–साना कुरालाई पनि जीवनमा निरन्तर लागू गर्दै जाने हो भने खुसी प्राप्त गर्न सकिन्छ । हेर्नुहोस खुसी रहने उपायहरु : १. बोलीले जीवनकोे लामो यात्रा सहजै पार गर्न सहयोग गर्न सक्छ । बोल्ने शैलीले नै […]
सीजन लामिछाने एकादेशमा एउटा जङ्गल थियो। त्यो जङ्गलमा एउटा खुंखार बाघले केही समयदेखि त्रासको वातावरण पैदा गरिरहेको थियो। अहिलेसम्म न कसैलाई त्यो बाघलाई कसरी मार्ने वा भगाउने भन्ने थाहा थियो, न त्यो बाघ जङ्गलको पूरै प्रणाली नै उथलपुथल हुनेगरी जाइलाग्ला भन्ने नै कसैलाई कल्पना थियो। बाघको एउटा विशेषता थियो, त्यसले अलि बुढाबुढी, पहिल्यै अर्को कुनै […]