कसरी खुसी रहने ? यस्ता छन् १८ उपाय

काठमाडौँ – हरेक मानिस सधैँ खुसी रहने चाहना राख्छन् । ऊर्जाशील हुनुको एउटै उत्तम उपाय खुसी हुनु हो । हामीले केही साना–साना कुरालाई पनि जीवनमा निरन्तर लागू गर्दै जाने हो भने खुसी प्राप्त गर्न सकिन्छ ।

हेर्नुहोस खुसी रहने उपायहरु :

१. बोलीले जीवनकोे लामो यात्रा सहजै पार गर्न सहयोग गर्न सक्छ । बोल्ने शैलीले नै तपाईंको सुनौलो यात्रा तय गर्नेछ ।

२. खुसी हुन चाहने हो भने आफ्नो विचार र भावनासँग सधैँ स्पष्ट हुनुपर्छ ।

३. अर्काको देखासिकीमा कहिल्यै नबाँच्नुहोस्, सधैँ आफ्नो मौलिकपनमा बाँच्नुहोस् ।

 ४. खुसी पाउनु छ भने सधैँ सक्रिय रहनुहोस्, सक्रियताले तपाईंलाई खुसीसाथ बाँच्न सहयोग पुर्या‍उँछ ।

५. जीवनमा सधैँ व्यस्त रहनुहोस्, किनकि खाली दिमाग सैतानको घर हो ।

६. तपाईं वास्तवमै खुसी हुन चाहनुहुन्छ भने आफूलाई कहिल्यै दुःखी नबनाउनुहोस्, आफूमाथि नियन्त्रण कायम गर्नुहोस् ।

७. हामी सधैँ चिन्तामुक्त रहनुपर्छ, चिन्ता हटाउने कला सिक्नुपर्छ । यसको माध्यमबाट हामी आफ्नो क्षमता अभिवृद्धि गर्न सक्छौँ । जीवन अवसर हो भनेर सम्झिनुपर्छ ।

८. हाम्रो शरीरमा ताजापन ल्याउनका लागी प्रत्येक दिन १० देखि ३० मिनेट हिँड्ने गर्नुपर्छ । जसले मन शान्त हुन्छ । शरीर स्वस्थ रहन्छ ।

९. बिहानको हिँडाइपछि फर्किएर प्रार्थना गर्दा मन शान्त हुन्छ र अनुभव ह्न्छ ।

१०. प्राकृतिक खानामा जोड बिहान ग्रिन टि र पानी खानुपर्छ । ब्रोकाउली, आल्मोन्ड खानु राम्रो ।

११. अरूको निन्दा गर्न, अरुबारे नकारात्मक टिप्पणी र सोच अनि विगतको समीक्षा नगर्ने ।

१२. जीवनको उतारचढाव स्वीकार गरी धैर्य गर्नु खुसीको बाटो हो ।

१३. अरुलाई सहयोग गर्ने बानी बसालौं । सहयोग निःस्वार्थ गर्दा आफैंलाई फाइदा हुन्छ ।

१४. आत्मपरीक्षणमार्फत अरुले के भन्छ भनेर चासो दिनुभन्दा कुनै खराब व्यवहार छ भने आफैं सुधार गर्नु राम्रो ।

१५. परिवार र साथीसँग रमाउने, घुम्न जाने ।

१६. राम्रो गीत बजाएर मस्त नाच्ने ।

१७. बगैंचामा फूलहरु रोप्ने, स्यहार्ने गर्न ।

१८. रमाइलो पुस्तक पढ्ने।


प्रकाशित | ४ भाद्र २०७७, बिहीबार २०:३५