मिस नेपाल श्रुखला फान्सको सद्भावना दूतमा नियुक्त

काठमाडौंं – नेपाल–फ्रान्स सम्बन्ध प्रवद्र्धनका निम्ति नेपाल सुन्दरी शृङ्खला खतिवडालाई सद्भावना दूतमा नियुक्त गरिएको छ । नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेशको अवसरमा खतिवडालाई सद्भावना दूतमा नियुक्त गरिएको हो ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा सौहाद्र्रपूर्ण वातावरणमा भएको परामर्श बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयमा गहन विचारविमर्श भएको छ । दुवै पक्षले पारस्परिक सम्बन्धलाई अझ घनीभूत तुल्याउँदै दुई देशका राष्ट्रिय स्वार्थ पूरा हुने सबै क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्ने सहमति गरेका छन् ।

फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानो नेतृत्वको पाँच सदस्यीय फ्रान्सेली प्रतिनिधिमण्डल र उहाँका नेपाली समकक्षी शङ्करदास वैरागी नेतृत्वको टोलीबीच परराष्ट्र मन्त्रालयमा भएको बैठकमा ऊर्जा, व्यापार, पर्यटन, शहरी विकास, सूचना तथा सञ्चार, जलवायु परिवर्तन, संस्कृतिलगायत विषयमा छलफल भएको सचिवद्वयले संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

अर्थ, उद्योग र वाणिज्य, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी उक्त बैठकमा भएको छलफलबारे जानकारी दिँदै दुबै देशका सचिवले बहुपक्षीयवादमा साझेदारी विस्तार गर्ने र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सहमति गरेको बताउनुभयो ।

फ्रान्सेली कूटनीतिज्ञले नेपालीहरु शान्तिका निर्माता हुन् भन्दै बहादुर नेपाली सेनाको प्रशंसा मात्र गर्नुभएन संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सहभागी भएर विश्व शान्ति स्थापनामा गरेको योगदानको प्रशंसा गर्नुभयो ।

युरोपेली सङ्घको संस्थापक राष्ट्र फ्रान्स बहुपक्षीयवाद र क्षेत्रीय सङ्गठनको सधैँ प्रवद्र्धनमा रहेको चर्चा गर्दै उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्कं ) बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय संस्थाको महत्व बढेको बताउनुभयो ।


प्रकाशित | १० चैत्र २०७५, आईतवार १६:२४