भोलिदेखि देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सरकारले भोलीदेखि चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने […]

चीनले अनुदानमा दिएको ८ लाख डोज कोभिड खोप काठमाडौं आइपुग्यो

काठमाडौं । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री […]

रोयल वेस्टर्न्स क्लबको आयोजनामा चारदिने रक्तदान कार्यक्रम सम्पन्न

मेलबर्न – अष्ट्रेलियाको मेलबर्नमा अबस्थित रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम सफल रूपमा सम्पन्न भएको छ । चार दिनसम्म संचालन भएको उक्त कार्यक्रम मार्च ०६ तारीखका दिन लाइफब्लड वेरिबी डोनर सेन्टर र मार्च २६, २७, २८ तारीखका दिन लाइफब्लड एअरपोर्ट वेस्ट डोनर सेन्टरमा गरी जम्मा ५० जनाको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा सहभागी मध्ये […]

दोस्रो चरणको संक्रमण बढ्दै, गर्भवती र सुत्केरी पनि जोखिममा

काठमाडौं । देशकै ठूलो काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा पछिल्लो महिनामा कोरोना संक्रमण सम्बन्धी उपचार गराउनेको संख्या बढ्दैगएको छ । छिमेकी मुलुक भारतलगायत अन्य देशमा दोस्रो चरणको कोभिड संक्रमितहरुको संख्या बढेसँगै नेपालमा पनि यसको त्रास बढ्ने देखिएको हो । थापाथली अस्पतालका उपनिर्देशक डा। श्रीप्रसाद अधिकारीकाअनुसार यसबीच कोभिड संक्रमण सम्बन्धमा जाँच गराउनेहरुको संख्या शून्य […]

काठमाडौँको तुवाँलो अझै केही दिनसम्म रहने

काठमाडौँ। शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलोले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ । स्थिर रहेको वायुमण्डल आगामी दुई–तीन दिनसम्म सुधार […]

मेलम्चीको पानी आजदेखि उपभोक्ताको घर-घरमा

काठमाडौँ । लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भन्नुभयो, “सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे […]

होलीमा विशेष सावधानी अपनाउन प्रहरीको आग्रह

काठमाडौँ । कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ । प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन […]