भोलिदेखि देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सरकारले भोलीदेखि चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। विद्यालय मंगलबारदेखि शुक्रबारसम्म बन्द गरिनेछ ।


प्रकाशित | १६ चैत्र २०७७, सोमबार १४:४८